मुम्बई । बलिउड अभिनेता मिथुन चक्रबर्तीका छोराको विवाह विथोलिएको छ । नायिकालाई गर्भ बोकाएपछि सहमतिविर्न गर्भपतन गराएको अभियोगमा प्रहरीले सोधपुछ गरेपछि महाअक्षयको हुँदै गरेको विवाह रोकिएको हो ।
नायिकामाथि दुष्कर्म र बिना सहमति गर्भपतन गराएको आरोपमा फसेका महाअक्षयको विवाहमा पुलिसको समूह पुगेपछि विवाह रोकिएको थियो ।
शनिबार मिथुन चक्रवर्तीका छोरा महाअक्षय र साउथकी नायिका मदालसा शर्माको विवाह ऊटीस्थित एक होटलमा हुने कार्यक्रम थियो । पुलिसले महाअक्षय र उनकी आमा योगिता बालीसँग आरोपको विषयमा सोधपुछ गरेको जनाएको छ । त्यसपछि दुलहीको परिवार होटल छोडेर गएको बताइएको छ ।
नायिकाको निवेदनमा दिल्लीको रोहिणी अदालतले सोमबार महाअक्षयमाथि दुष्कर्म, जबर्जस्ती गर्भपतन र धोकाको मुद्दामा एफआरआई दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि दिल्ली पुलिसले अनुसन्धान सुरु गरेको हो ।
शनिबार दिल्लीको अदालतबाट दुबै आरोपीलाई अग्रिम जमानत दिइएको थियो । यसअघि आरोपीले पक्राउमाथि रोकका लागि बम्बे हाइकोर्टमा निवेदन दिएका थिए । अदालतले अस्वीकार गरेको थियो । एजेन्सी















प्रतिक्रिया