४ कार्तिक २०८३, बुधबार

सन्तोष र प्रेमले ल्याए ‘फूल झैं जीवन’

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रेमप्रसाद राजभण्डारीको संयुक्त गीतिसंग्रह ‘फूल झैं जीवन’ सार्वजनिक भएको छ ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा उक्त एल्बम सार्वजनिक भएको हो । कार्यक्रममा गजलकार डा.नेत्र एटम, गीतकार नेपालका महासचिव शुभ मुकारुङ, प्राज्ञ ज्योतिप्रकाशलगायतले ‘फूल झैं जीवन’ लाई सार्वजनिक गरिएको हो ।

कार्यक्रमलाई स्वागत गर्दै संगीतकार सन्तोष श्रेष्ठले प्रेमप्रसादसँगको पछिल्लो सहकार्यले ‘फूल झैं जीवन’ निर्माण हुन सफल भएको बताए । गीतकार राजभण्डारी प्रवास बसे पनि गीतसंगीत भने नेपालकै माटोसँग मिलेको बताउँदै श्रेष्ठले उनका सिर्जना संगीत गर्दा पहिलोजस्तो नभएको बताए ।

फूलझैं जीवनको एल्बम समीक्षा गर्दै डा.नेत्र एटमले आफ्ना दुई विद्यार्थीले सिर्जना गरेको एल्बम विमोचन गर्न पाउँदा खुशी भएको बताए । उनले गीतकार प्रेमप्रसादको सिर्जना सुन्दा निकै नै गहिराईमा डुबेर लेखिएको पाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधानले संगीतकार श्रेष्ठको संगीतको प्रशंसा गर्दै सबैले गुनगुनाउन सक्ने गीत नै सफल हुने बताए । गीतकार शब्दअनुसार सबैलाई गुनगुनाउन सक्नेगरी गरिएको गीत सुन्दा आफू पहिलेकै अवस्थामा फर्केको जस्तो अनुभूति भएको गायक प्रधानले बताए ।

कार्यक्रममा गायक भविन ढुंगाना, गायक कृष्णभक्त राई र गायिका सहिमा श्रेष्ठले गायन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई समापन गर्दै गीतकार राजभण्डारीले आफूले प्रवासमा रहँदा धेरै कापीका पाना कोरेर सकेको बताउँदै एउटा गीत रेकर्डका लागि संगीतकार सन्तोष श्रेष्ठलाई दिएपछि अब गीत लेख्न सक्छु भन्ने लागेको भन्ने अनुभव सुनाएका थिए । कार्यक्रम पत्रकार सुमन बैरागीले संचालन गरेका थिए ।

फूलझैं जीवनभित्र ६ वटा गीत समावेश गरिएको छ । गोल्डेन क्रियशनले बजारमा ल्याएको उक्त एल्बमभित्र देखेको थिएँ, बृद्ध विहिन लुम्बिनीमा, पुन्य भयो, मायाप्रिति, विगुल फुक्ने, जवानीको रसरङ्गमा जस्ता गीत समावेश गरिएको छ । जसमा भविन ढुंगाना, रामकृष्ण ढकाल, कृष्णभक्त राई, मेलिना राई, मनोजराज, सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

संगीतकार श्रेष्ठको यो २५ औं एकल संगीत भएको एल्बम हो भने राजभण्डारीको पहिलो एल्बम हो । गीतकार राजभण्डारीले यो भन्दा पहिला प्रगतिशील साहित्यमा नेत्रलाल अभागी पुस्तक समेत प्रकाशनमा ल्याएका छन् । संगीतकार श्रेष्ठ र गीतकार राजभण्डारी घोराही नगरपालिका हापुर दाङका सर्जक हुन् ।