काठमाडौं । बलिउड निर्माता आदित्य चोपडाको ‘धुम’ सिरिजको चौथो सिनेमा बन्ने भएको छ ।
यशराज ब्यानरमा निर्माण हुने सिनेमा ‘धुम–४’ निर्माण हुने चर्चा चलेसँगै यसमा हुने कलाकारहरूको चर्चा सुरु भइसकेकोे छ । ‘धुम–४’ का लागि निर्माण पक्षले सलमान खान र रणवीर सिंह फाइनल हुने संकेत गरेको छ ।
सलमान ‘धुम ४’ मा हुने पक्का भएको खण्डमा उनीसँग नायिका केट्रिन कैफले फेरि एक पटक रोमान्स गर्नेछिन् । पूर्वप्रेमिका समेत रहेकी केट्रिनाले ‘धुम ३’ मा पर्फेक्टम्यान अमिर खानसंग रोमान्स गरिसकेकी छन् ।
आदित्यले सिनेमाको सम्पूर्ण कलाकारहरूको फाइनल गरिसकेका छन् । जसको आधिकारिक घोषणा केही दिनमा गर्नेछन् । यो फिल्म सन् २०२० मा रिलिज हुनेछ । एजेन्सी















प्रतिक्रिया