४ कार्तिक २०८३, बुधबार

साम्राज्ञीकी ‘मम्मी’को ‘मिरर सेल्फी’ मोह

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह जति हट र सेक्सी देखिन्छिन्, उनकी मम्मी नेहा राज्यलक्ष्मी शाह पनि उत्तिकै देखिन्छिन् । आमाछोरीको एकसाथ तस्बिर देख्नेहरूले व्यंग्यात्मक शैलीमा भन्छन्– दिदीबहिनी जस्तो लाग्छ ।

अभिनयको दौरान सम्भावना बोकेर हिँडेकी साम्राज्ञीका आफ्नै फिल्मी गति छ । तर उनकी मम्मीको झन् त्यो भन्दा तिव्र गतिको सामाजिक सञ्जाल मोह छ । फेसबुकमा भन्दा इन्स्टाग्राममा रमाउने नेहाको सेल्फी मोह गज्जब छ ।

उमेरलाई व्यायामले छेकीरहेकी नेहाले मिरर सेल्फीलाई इन्स्टाग्राममा पोस्ट गर्छिन् । आधुनिक फेसनलाई मन पराउने नेहा गायनमा पनि रुची राख्छिन् । उनी सामाजिक काममा सक्रिय त छँदै छिन्, छोरीको फिल्मी करिअरलाई पनि सपोर्ट गर्छिन् ।