४ कार्तिक २०८३, बुधबार

तीन पोष्टरमा हेर्नुहोस् ‘कहिँ कतै’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ असार । चलचित्र ’कहिँ कतै’को तीन पोस्टर सार्वजनिक भएका छन् ।

साउन २५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रको पोष्टरमा नायक दीलिप रायमाझीको साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपा फिचर्ड छन् ।

एक पोष्टरमा नायक किशोर खतिवडा र निर्मात्री तथा नायिका उमा गिरीलाई पनि समेटिएको छ । सिवानी र सोनमको यो डेब्यु चलचित्र हो ।

चलचित्रमा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रलाई सविर श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।