४ कार्तिक २०८३, बुधबार

चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ असार । सलोन बस्नेतले अभिनित चलचित्र ‘बाबु कान्छा’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको सार्वजनिक ट्रेलरलाई दर्शकले निक्कै मन पराएपछि चलचित्रको शीर्ष गीत रिलिज गरिएको निमार्ण पक्षले जानकारी दिएको छ ।

चलचित्रको सार्वजनिक गीतमा चर्चित गायक तथा संगीतकार शम्भुजित बास्कोटाले लामो समय पछि चलचित्र ‘बाबु कान्छा’मा गीत गाएका छन् ।

अहिलेका निकै चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यस गीतलाई दर्शक तथा श्रोताले मन पराउने चलचित्रका निर्देशक सोभित बस्नेतले बताए । युवा पुस्तामा हुने माया प्रेम र रोमान्सलाई सामाजिक रुपमा देखाउन खोजिएको उनले बताए ।

‘बाबु कान्छा’मा सलोनसँगै निर शाह, सरोज खनाल, करिष्मा श्रेष्ठ, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, विक्रम कँडेल लगायतको अभिनय रहेको छ ।

चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गर्दैछन् । आफूले सानो बजेटमा सर्वोकृष्ट चलचित्रको निर्माण गरेको निर्देशक बस्नेतले बताए ।