२ कार्तिक २०८३, सोमबार

जनता बैंकको आयोजनामा जुम्लामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य तथा आँखा शिविर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ असार । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।

संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँपालिकामा यही असार १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

तातोपानी गाउँपालिकामा बैशाखदेखि जनता बैंकको शाखा सञ्चालनमा रहेको छ । उक्त क्षेत्रका विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

आँखा परीक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परीक्षणको शिविर सञ्चालन गरिएकोमा कूल १ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा करिव एक हजार जनाको आँखा परिक्षण गरिएकोमा एक सय जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो ।

विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकले नै गरिदिएको थियो । सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका रु. ५० हजार मूल्य बराबरको औषधि हस्तान्तरण गरियो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेमार्फत तातोपानी शाखाका शाखा प्रबन्धक बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गरेका थिए ।

औषधि हस्तान्तरणको अवसरमा गाउँपालिकाका अध्यक्ष न्यौपानेले ८ वडामा विभाजित गाउँपालिकाका अन्य वडाहरुमा पनि आँखा सम्बन्धि समस्या रहेकोले वडा स्तरमा पनि आँखा शिविर संचालनको लागि अनुरोध गरे ।