
काठमाडौँ, १९ असार । माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । सोमबार धनुषाको नागराइन नगरपालिकास्थित फूलगामामा र मंगलबार सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिकास्थित माहुली शाखा औपचारिक सञ्चालनमा ल्याएको हो ।
पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीले संयुक्त रुपमा शाखाको उदघाटन गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटीएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।
एटीएमको उद्घाटन मध्यपूर्वीय पृतना धारापानीका पृतनापती ईश्वर हमालले गरे । बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोहीअबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।















प्रतिक्रिया