४ कार्तिक २०८३, बुधबार

‘जय शम्भु’मा अनुप र प्रशान्तको भिडन्त कस्को लागि ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १९ असार । भदौ १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा नायक अनुपविक्रम शाही र खलनायक प्रशान्त ताम्राकारलाई एक्सन अवतारमा देखाईएको छ । भने नायिका वर्षा शिवाकोटीलाई लभर गर्लको भूूमिकामा देखाईएको छ ।

चलचित्रमा नायिका बर्षाका लागि अनुप र प्रशान्तको द्धन्द्ध रहेको टिजरबाट बुझ्न सकिन्छ । चलचित्रमा अनुप, प्रशान्त र बर्षासँगै करुणा पाण्डे, रोशन महर्जन लगायतको पनि मुख्य भूमिका छ ।

रुपेश तामाङको निर्देशन रहेको चलचित्रलाई दिनेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा अरविन्द्र मान शाक्यको लगानी छ ।

चलचित्रमा शिक्षा काफ्लेको कथा, हरि लामाको छायांकन, बनिष शाहको सम्पादन, टंक वुढाथोकीको संगीत छ ।