२ कार्तिक २०८३, सोमबार

कर्णाली तर्फका हवाई उडान ठप्प, ५ सय बढी तीर्थयात्री अलपत्र

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


खजुरा, बाँके, १९ असार । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।

आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताउनुभयो ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ । -रासस