४ कार्तिक २०८३, बुधबार

रणवीर र आलियाको विवाह हुन्छ कहिले ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । प्रेम सम्बन्धमा रहेका बलिउडका दुई कलाकार राणवीर कपुर र आलिया भट्टको विवाहको बारेमा अहिले विभिन्न आशंका गरिँदै आएको छ ।

केही समय अगाडिदेखि चर्चामा रहेको रणवीर र आलियाको प्रेमसम्बन्धको कुरा अहिले पुरानो जस्तो भइसकेको छ । उनीहरू कहिले विवाह गर्दैछन् भन्ने चर्चाले यतिबेला बलिउड जगत पुनः गर्माएको छ ।

‘राजी’ फिल्म समीक्षक र बक्सअफिस दुवैमा हिट भैरहेको बेला रणवीरसँगको विवाह प्रसंगले आलियाको अहिले भारतीय मिडिायमा खुब चर्चा भैरहेको छ । उनलको राजी फिल्मले २०० करोड कमाइ सकेको छ ।

भारतीय एक अनलाईनका अनुसार अलियाले अहिलयाले आफ्नो कलिअरको उचाइ कायम गर्दे गरेको र तत्काल विवाह गर्न पक्षमा नरहेको जनाएको छ । उनले रणवीर र आलियाको विवाह २०२० भन्दा अगाडि नहुने दावी समेत गरेको छ ।

‘दुवै पेशेवर कलाकार हुन्, दुवैसँग अहिले ठूला प्रोजक्टहरू छन्, त्यसकारण दुवैले चाहँद्रैनन् कि आफ्नो व्यक्तिगत कारणले आफ्नो प्रोफेसनल जीवन प्रभावित होस् भनेर’, स्रोतको हवाला दिँदै उक्त अनलाइनले लेखेको छ, ‘दुवैल आफ्नो कामलाई समाप्त गरेर चाँडै विवाहका लागि समय निकाल्न चाहन्छन् ।’

दुबैजना अहिले ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त छन् । यसका अलवा आलिया ‘गुल्ली ब्याइ’, ‘कलंक’ र ‘शुघी गरी तीन चलचित्रमा आवद्ध भैसकेकी छन् ।

रणवीर अहिले ‘सञ्जु’को प्रचारप्रसारमा व्यस्त छन् भने् ‘शमशेर’ र लव र एक जन नेक्स टु’ मा पनि उनी आवद्ध भैसकेका छन् । एजेन्सी