४ कार्तिक २०८३, बुधबार

एनएमबि बैंक र क्यान्सर अस्पतालबीच सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ असार । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र सँग विभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा एनएमबि बैंकका प्रमुख व्यापार अधिकृत सुदेश उपाध्याय र अस्पतालका कार्यकारी प्रमुख डा. सुदिप श्रेष्ठले संयुक्त हस्ताक्षर गरे । यस अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबि भिसा डेविट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्कृनिङ प्याकेज, रेडियोलोजी, ल्याब्रोटरी र बेड शुल्कमा १० प्रतिशत र रेडियसन थेरापी र ब्रेचथेरापीमा ७ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समयदेखि यस्ता विभिन्नखाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।