४ कार्तिक २०८३, बुधबार

क्यानडामा नेपाल चिनाएमा पर्यटन विकास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने बताइएको छ । एक सय ५१औँ क्यानडा राष्ट्रिय दिवसका अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले मैत्री संघलाई भगिनी संस्थाका रुपमा विकास गरेर नेपाल–क्यानडा सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ भन्नुभयो ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले क्यानडाबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताउनुभयो । संघका अध्यक्ष प्रा डा प्रदीपकुमार खड्काले नेपाल र क्यानडाको सम्बन्धलाई थप मजबुत बनाउन संघले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो ।

लामो समयदेखि क्यानडामा बस्दै आउनुभएकी डा रीता डंगोलले क्यानडालीलाई नेपालबारे चिनाउन सकिए नेपालको पर्यटन क्षेत्रमा ठूलो विकास हुने बताउनुभयो । “क्यानडामा बुद्ध भारतमा जन्मेका हुन् भन्ने शिक्षा दिइएकोछ, बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन सके मात्र पनि नेपालको विकासमा ठूलो मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो । -रासस