४ कार्तिक २०८३, बुधबार

कावासोतीमा राष्ट्रिय सहकारी बैंकको ४४ औं शाखा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कावासोती (नवलपुर), १६ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४४ औं शाखा नलपुरको कावासोतीमा संचालनमा आएको छ ।

शनिबार सहकारी बैंकको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीको जागरण अभियान प्रभावकारी बन्दै गएकोले अब सहकारी क्षेत्रलाई व्यावसायिकतातर्फ केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

सहकारीका बारेमा आम जनतालाई जानकारी गराउने, विपन्न वर्गका जनतालाई सहकारी अभियानमा सहभागी गराउने तथा सहकारीमार्फत आयआर्जन गर्ने काममा सहकारीहरु अब्बल बनिसकेकाले अबको सम्पूर्ण ध्यान व्यावसायिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा उनले जोड दिएका थिए ।

शाखा उद्घाटनकै दिन सुस्ता पूर्वका सहकारी संघ संस्थाहरुले १२ करोड भन्दा बढी निक्षेप संकलन गरेका छन् । देशभरका १० हजार बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको बैकमा १ अर्ब शेयर रकम, १४ अर्ब निक्षेप र १२ अर्ब कर्जा लगानी र १८ अर्बको कुल कारोबार गरेको बैंकमा हाल ३ सय जना कर्मचारी कार्यरत रहेका छन् ।