४ कार्तिक २०८३, बुधबार

मेगा बैंक राष्ट्रिय एकल लोक गायनमा प्रथम भए रामेछापका रामकुमार

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फोटो : बद्री पंगेनीको फेसबुकबाट

काठमाडौँ, १६ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजना सम्पन्न मेगा बैंक राष्ट्रिय एकल लोक गायन प्रतियोगिता–२०७५ को उपाधी रामकुमार नेपालीले जितेका छन् ।

रामेछाप घर भएका नेपालीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिबाट प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगितामा रेशम निर्दोष दोस्रो र कर्णाली प्रदेश सुर्खेतकी सुनिता बिसी तेस्रो भए । प्रतियोगितामा देशभरबाट ४८ जनाले भाग लिएका थिए । ४८ मध्यबाट आयोजकले २६ जनालाई फाईनल राउन्डमा छनोट गरेको थियो ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार नगद सहित सम्मान प्राप्त गरेका छन । शान्त्वना पुरस्कार विजेताले २५ हजार प्राप्त गरेका छन् ।

शान्त्वना पुरस्कार चेतन गोतामेलाई प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।