३ कार्तिक २०८३, मंगलबार

विश्वकपमा शनिबारदेखि नकआउट चरण शुरु, दुई खेल हुँदै

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १६ असार । रुसमा जारी विश्वकप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल शुरु हुँदैछन् । समूह चरणमा ३२ देशबीच भएका ४८ खेलबाट १६ टिम प्रि–क्वाटर फाइनलमा आएका छन् ।

शनिबारदेखिको खेलबाट विश्व विजेता बन्ने सम्भावित टिमको संख्या साँघुरिँदै जान्छ । शनिबार दुईवटा खेल हुँदैछन् ।

नेपाली समय अनुसार बेलुका पौने ८ बजे हुने खेलमा फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल कजान एरिनामा हुनेछ । फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

यस्तै शनिबार हुने दोस्रो खेलमा पोर्चुगल र उरुग्वेबिच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सोचीमा हुनेछ ।

उरुग्वे समूह ए को विजेता तथा पोर्चुगल समूह बी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । शनिबारका दुई खेलका विजेताले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी