काठमाडौं, १६ असार । सानिमा लाईफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर लि.संग सम्झौता भएको छ ।
जीवन वीमाका लागि ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षण अब नेपाल मेडिकेयर हस्पिटल एण्ड रिर्सच ले गर्ने भएको छ । त्यसको सम्पूर्ण व्यवस्थापन वीमा कम्पनीले गर्नेछ ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टर चावहिलमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रशासनिक प्रवन्धक श्री हरिभक्त सिग्देलज्यू र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा कम्पनीका बरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ र प्रबन्धक उषा खतिवडा समेतको उपस्थिति थियो ।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशतसम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरू र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने सम्झौता भएको हो ।
मेडिकेयर नेशनल हस्पिटल एण्ड रिर्सच सेन्टरका प्रशासनिक प्रवन्धक रभक्त सिग्देलले सानिमा लाईफ इन्स्योरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य परीक्षण गराउन पाएकोमा खुशी व्यक्त गरे । आफ्ना ग्राहकहरू र कर्मचारीहरूको स्वास्थ्यको लागि विभिन्न योजनाहरू ल्याउनुका साथै अस्पतालसंग निरन्तर सहकार्य गर्ने अपेक्षा रहेको नायव महाप्रबन्धक केशव राज केसीले बताए ।















प्रतिक्रिया