१ कार्तिक २०८३, शनिबार

माल्दिभ्समा हुन लागेको निर्वाचनमा पूर्व राष्ट्रपति सहभागी नहुने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १६ असार । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिदले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

प्रमुख प्रतिश्पर्धी मानिएका अब्दुल्लाह यमिनलाई जेलमा राखेर आउदो सेप्टेम्बरमा गर्न लागिएको निर्वाचनमा सहभागी नहुने उनले शुक्रबार बताए ।

निर्वाचन आयोगले उनलाई निर्वाचनमा भाग लिन अयोग्य भएको जानकारी दिएपछि निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

‘राष्ट्रपतीय निर्वाचनमा मैले भाग नलिने निर्णय गरेको छु’, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

आतङ्कवादीलाई सहयोग गरेकाले नसीदले निर्वाचनमा भाग लिन अयोग्य रहेको निर्वाचन आयोगले बताएको समाचारमा जनाइएको छ ।

उनको पार्टी माल्दिभियन डेमोक्रयाटिक पार्टी (एमडीपी)ले भने निर्वाचनमा भाग लिने भएको छ । नेता नसीदले आफ्नो सट्टामा पार्टीले अर्को नेतालाई उम्मेदवार बनाउने पनि जानकारी दिए । एएफपी