४ कार्तिक २०८३, बुधबार

आकाश र आँचल अभिनित ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक, भिलेनमा देखिए आयुष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । भदौ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

प्रदिप श्रेष्ठको निर्देशन रहेको ‘ब्ल्याक’मा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको मुख्य भूमिका छ । निर्देशक प्रदिपले केही बर्षको अन्तरलापछि यो चलचित्र निर्देशन गरेका हुन ।

आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा नायक आयुष रिजाललाई खलपात्रको रुपमा देखाइएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा आकाश र आँचलको प्रेम, झगडा र वियोगलाई देखाईएको छ । जहाँ नायक आयुष भिलेनको रुपमा प्रस्तुत भएका छन् ।

‘ब्ल्याक’लाई मौनता श्रेष्ठले लेखेका हुन । महेश खड्काको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामशरण उप्रेतीको छायाँकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन ।