३ कार्तिक २०८३, मंगलबार

म्याराडोनाको घोषणा : मृत्युको झुटो खबर फैलाउने व्यक्ति पत्ता लगाए एक लाख पुरस्कार

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ असार । अर्जेन्टिनाका भूतपूर्व फूटबल खेलाडी डिएगो म्याराडोनाले आफू मरेको झुटो खबर फैलाइदिने व्यक्ति पत्ता लगाउनका लागि एक लाख १७ हजार रुपैयाँको पुरस्कार घोषणा गरेका छन् ।

मंगलबार राती अर्जेन्टिना र नाइजेरियाबीच भएको समुह चरणको खेल हेर्दै गर्दा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । म्याराडोनाले आफ्नो गर्दन निकै दुखेको बताएपछि एकजना चिकित्सकले उनको स्वास्थ्य परिक्षण गरेका थिए ।

त्यस घटनालाई बंग्याएर एक व्यक्तिले स्पेनी भाषामा म्याराडोनाको हृदयघातका कारण मृत्यु भएको भनी झुटो अडियो खबर फैलाएपछि उक्त खबर भाइरल बनेको थियो । आफू जिउँदै रहेको र अत्यधिक ह्वाइट वाइन पिएका कारण अर्धबेहोश भएको उनले स्पष्टीकरण दिनुपरेको थियो ।

झुटो खबरमा म्याराडोनाको मुटुमा अड्रेनलिनको सुई घोचिएको तर त्यसले उनलाई बचाउन सफल नभएको अनि अर्जेन्टिनी टोलीलाई उनको मृत्युको खबर नसुनाइएको भनिएको थियो ।