
जाजरकोट, १३ असार । जिल्लाको भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनार पेस्तोलसहित पक्राउ परेका छन् । उनी स्थानीय सुन व्यापारी पनि हुन् ।
अवैध तरिकाले हातहतियार राखेको अरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । घरमा अवैध हातहतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली समेत बरामद भएको जनाएको छ ।
वुधबार बिहान इन्सपेक्टर लोकबहादुर विष्टको नेतृत्वमा गएको प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयजाजरकोटबाट हातहतियार तथा खरखजना मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया