२१ कार्तिक २०८३, शनिबार

पाल्पामा जीपको ठक्करबाट स्कूले बालिकाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घटनाको विरोधमा स्थानीयद्धारा अवरुद्ध सडक । -तस्वीर : भुवन रायमाझीको फेसबुकबाट

पाल्पा, १३ असार । रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ अमलाबास बजार नजिकै जीपको ठक्करबाट स्कूले बालिकाको मृत्यु भएको छ ।

छहरास्थित भैरव नवदिप माविमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिका विपना बगालेको लु १ च ७७६२ नम्बरको पिकअप जीपले ठक्कर दिएपछि उपचारका लागि जिल्ला अस्पताल तानसेन लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । विद्यालयबाट घर फर्कने क्रममा छहराबाट तानसेनतर्फ जाँदै गरेको जीपले बालिकालाई ठक्कर दिएको थियो । चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

विद्यार्थीको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । चालकको लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयहरुले हार्थोक–छहरा सडक अवरुद्ध गरेका छन् ।