
काठमाडौं, १३ असार । आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको चलचित्र ‘अनुराग’की नायिका एवं पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम मोटरसाइकल दुर्घटनामा परेकी छिन् ।
गौतम काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा भएको बुधबार दिउँसो ४ बजे बा ९२ प ९०७२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेकी हुन् । घाईते गौतमको ग्राण्डी ईन्टरनेश्नल अस्पतालमा उपचार भइरहेको आफन्तले जनाएका छन् ।
गौतम चढेको मोटरसाइकल सुजन आचार्यले चलाएका थिए । बोटो काट्न लागेको गाइलाई जोगाउने क्रममा दुर्घटना भएको आचार्यले जनाएका छन् । मोटरसाइकलको गती धेरै भएको र आफूले गती नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको उनको भनाई छ ।
‘ठूलो दुर्घटनाबाट बाँच्न सफल भयौं हामी (म र एलिजा दि) लाजिम्पाट घर जाने क्रममा दुर्घटना भयो, बाईक मैले चलाएको थिएँ । बाटो काट्न लागेको गाईलाई जोगाउन खोज्दा बाईकको ब्रेकले काम गरेन’, आचार्यले फेसबुकमा लेखेका छन्, ‘ र बाईक ईस्पिडमा थियो, इस्पिड कन्ट्रोल गर्न सकिन र दुर्घटना हुनपुग्यो । दिदीको अवस्था गम्भिर छ र मैले हस्पिटल लिएर आ’को छु, धन्न बाँच्न सफल भयौं । नयाँ जिन्दगी पायौं आज ।’













प्रतिक्रिया