२१ कार्तिक २०८३, शनिबार

कारागारमा कार्यरत बस्नेतको नहरमा डुबेर मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-फाइल तस्वीर

नुवाकोट, १३ असार । कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर आज मृत्यु भएको छ ।

विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिम्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिनुभयो ।

पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो । –रासस