२१ कार्तिक २०८३, शनिबार

आकाशे पानी संकलनपछि प्रहरी कार्यालयमा खानेपानीको समस्या टर्‍यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १३ असार । विगतमा पानीको समस्याबाट निकै कठिनाई भोग्दै आएको जिल्ला प्रहरी कार्यालय सल्यानको कार्यालयमा हाल समस्या समाधानका लागि आकाशे पानी संकलन गर्न ट्यांकी निर्माण भएको छ । खानेपानी तथा सरसफाईको लागि पानीको चरम अभाव भएको जिप्रकामा आकाशे पानी संकलन गर्न २० हजार लिटर क्षमता भएको टंकी निर्माण गरिएको प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले जानकारी दिए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आकाशे पानी पूर्ण भरण आयोजना अन्तर्गत ४ लाख ३ हजार अनुदानमा टंकी निर्माण गरिएको हो । सदरमुकाममा प्रत्येक घर घरमा खानेपानीको घारा भएपनि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई पानीको समस्याले गर्दा खानपिन तथा दैनिक सरसफाईमा धेरै समस्या भएपछि खानेपानी कार्यालयले आकाशे पानी संकलन गर्न ट्यांकी निर्माणको लागि अनुदान दिएको थियो ।

‘कार्यालयमा पानीको अभाब भएका कारण यहाँ सरुवा भएका जवान आउन चाहदैनथे उनले भने’, ‘फिल्ड गएका सुरक्षाकर्मीलाई नुहाउनु परेमा शारदा नदीमा जानु पर्ने अवस्था थियो, मेसमा खाना पकाउन तथा सरसफाईको लागि ट्यांकरबाट पानी मगाउनु पथ्र्यो, पानीको अभावमा धेरैनै समस्या थियो ।’

अहिले टंकी निर्माण गरेर पानी संकलन भएपछि धेरै राहत भएको उनले बताए ।’ ‘मसंगै फिल्ड भएका जवानहरु फर्किदा मैले बाथरुममा नुहाउदा उनीहरुले नुहाउनका लागि शारदा नदी वा नजिकका कुवामा पुग्नु पर्ने अवस्था थियो,’ उनले भने ‘यसले गर्दा शान्ती सुरक्षामा समेत असर परेको थियो ।’

अहिले ट्यांकी निर्माणसंगै आकाशबाट परेको पानीले भरिएपछि जोखिम उठाएर रातीको समयमा कुंवा पधेरा, खोलामा नुहाउन, कपडा धुन जानु पर्ने बाध्यता बाट छुटकारा पाएको प्रहरी जवान विजय अधिकारीले बताए । उनले भने, ‘ट्यांकी निर्माण भएपछि अहिले पानीको समस्या टरेको छ ।’ ट्ंयाकीमा जम्मा भएको पानीले धेरै टेवा पुगेको उनको भनाई छ ।

यस्तै ट्यांकी निर्माण भएपछि खानेपानीको लागि बाहिर जान नपरेको सई प्रकास खडकाले बताए । ‘खानेपानी र सरसफाईका लागि रातदिन नभनी हातमा १० लिटरका प्लाष्टिकका जर्किन समातेर कुवा, पधेरा जानु पर्ने बाध्यता थियो’, उनले भने, ‘पानीकै लागि एक घन्टासम्म कुर्नु पर्ने पनि हुन्थ्यो तर अहिले त्यस्तो छैन ।’

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख गुणनिधि पोखरेलले २० हजार लिटरको ट्यांकीमा जम्मा भएको पानीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई प्रशस्त पुग्ने बताए ।