
नवलपुर, १३ असार । नवलपुरको कावासोती नगरपालिकाको तेस्रो नगर सभाले आगामि आर्थिक वर्ष २०७५/७६ का लागि ७२ करोड ५७ लाख २७ हजार ८ सय ८५ रुपैंयाको बजेटसहित ६९ बुँदे निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरकार्यपालिकामा बुधबार आयोजित तेस्रो नगरसभा कार्यक्रममा नगर प्रमुख चन्द्रा कुमारी पुनले नीति तथा कार्यक्रमम र उप्रमुख प्रेमशंकर मर्दनियाले बजेट सार्वजनिक गरे ।
नगर उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको करतर्फ २ करोड ६० लाख ६० हजार, अनुदानतर्फ ५१ करोड २३ लाख १६ हजार र अन्य राजश्व र राजश्व बाँडफाडतर्फ १८ करोड ६८ लाख ५१ हजार ८ सय ८५ र गत आर्थिक वर्षको मौज्दात ५ लाख गरि ७२ करोड ५७ लाख २७ हजार ८ सय ८५ रुपैंयाको बजेट सर्वसम्मतिले पारित भएको हो ।
उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको बजेटमा नगरभित्रका पूर्वाधार विकास, पर्यटन, उद्योग, कृषि र पशुपालनको व्यवसायिकरण, स्वास्थ्य शिक्षा र खेलकुद, फोहोर मैला व्यबस्थापन, नारायणी नदि, केरुङ्गे खोलालगायतका नदिहरुमा तटबन्धन र व्यवस्थापन, भ्युटावर निर्माण लगायतका क्षेत्रहरुलाई उच्च प्राथमिकता दिईएको छ ।
नगरपालिकाले क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक विकास तर्फ कृषिको व्यवसायिकरणका लागि २७ लाख, कृषि हाटबजार व्यबस्थापनका लागि ४५ लाख, कावासोती अन्तर्गतका पर्यटन सम्बन्धि सूचना संकलन एंव प्रवद्र्वन गर्न नगर पर्यटन सूचना केन्द्र स्थापनाका लागि २० लाख, पर्यटकिय हिसावले महत्वपूर्ण मानिएका पोखरी ताल र टरुवा ताल संरक्षण एंव व्यवस्थापनका लागि ३५/३५ लाख, कावासोती १ मा भ्यु टावर निर्माणका लागि ४० लाख, उज्याले कावासोती अभियान अन्तर्गत फलफूल चोकदेखि कावासोती बजार र डण्डा बजार तथा पर्यटकिय गुडार, बाघखोल क्षेत्रमा सडक सौर्य बत्ति जडानका लागि २० लाख बजेट विनियोजन गरिएको उपप्रमुख मर्दनियाले बताए ।
पूर्वाधार विकास अन्तर्गत सघन शहरी विकास कार्यक्रमसंगको समन्वयमा सुरु गरिएको चक्रपथ निर्माण कार्य ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यसहित वडा नम्बर १ को हाइवेदेखि उत्तर तर्फ वडा नम्बर ३, ११ र १७ गरि चार ठाँउबाट काम थालनि गर्ने गरि ३ करोड ६० लाख रकम विनियोजन गरिएको उनले बताए । त्यसैगरी कावासोती नगरपालिकाको प्रमुख चुनौतकिो रुपमा खडा भएको फोहोर मैला व्यबस्थापनका लागि रु ६० लाख विनियोजन गरिएको छ ।
उपप्रमुख मर्दनियाले प्रस्तुत गरेको बजेटमा मुसहर समुदायका विद्यार्थीहरुलाइर्ए उच्च शिक्षामा प्रोत्साहित गर्ने उद्देश्यले एसईई पास गरेपछि कक्षा १२ सम्म निशुल्क अध्ययनको व्यबस्था मिलाईने उल्लेख गरिएको छ ।
यसअघि, आर्थिक वर्ष २०७५ ÷७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख पुनले आर्थिक, सामाजिक, भौतिक तथा मानविय लगायतका क्षेत्रहरुमा दिगो विकासको रणनितिलाई अवलम्वन गर्दै समृद्व कावासोती निर्माण गर्ने दिशामा अगाडी बढिरहेको दावी गरिन् ।
नगर प्रमुख पुनले पूर्वाधारका योजनामा लगानि बढाएर नगर गौरवका आयोजनाहरु कार्वान्वयनमा ल्याईने बताइन् । उनले कृषि र पर्यटनको क्षेत्रलाई प्राथमिकता दिदै वडा नम्बर १५ र गोछडा तथा अमलटारी क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरि आर्थिक विकास र जीवन रुपान्तरणका लागि उपयोग गर्ने बताइन् ।












प्रतिक्रिया