२१ कार्तिक २०८३, शनिबार

भोटेकोशीको बाढीले ९० लाखको मेशिनरी औजार बगायो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चौतारा, १३ असार । अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब ९० लाख रुपैयाँ मूल्य बराबरका मेशिनरी औजार बगाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिनुभयो ।

आज बिहान ३ बजे आएको बाढीले कम्प्रेशन मेशिन, ड्रिल मेशिन, जेनेरेटर, ट्रिपर तथा सामानसहितको कन्टेनर बगाएको हो । चीनबाट बग्दै आएको सो नदीको बाढीले विगतका वर्षहरुमा पनि नेपालले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएको छ । –रासस