४ कार्तिक २०८३, बुधबार

कन्दरा ब्याण्ड पहिलोपटक अमेरिकामा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । नेपालको लोकप्रिय पोखरेली सांगीतिक समूह ‘कन्दरा ब्याण्ड’ले पहिलो पटक अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुती दिने भएको छ । यसका लागि ब्याण्डको सात सदस्यीय टोली बुधबार अमेरिका प्रस्थान गर्दैछ ।

यसअघि देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रम गरिसकेको कन्दराले यो पटक अमेरिकाको वाशिन्टन डिसी, लस एन्जल्स, डल्लास, न्यूयोर्क लगायतका सहरमा एक महिने सांगीतिक यात्रा गर्ने ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिए ।

२७ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील कन्दराको आफ्नै मौलिक परिचय छ । खासगरी लोकशैलीका आधुनिक र पप गीत कन्दाराका चिनारी हुन् ।

अमेरिका यात्रामा कन्दराले हङकङ पोखरा, तिमी पारी, लेककी हे माया, चञ्चले कान्छी, तगारोमा रुमाल लगायतका चर्चित गीतका साथै नयाँ गीतहरु पनि प्रस्तुत गर्नेछ ।

कन्दराको अमेरिका यात्राा एफ वन F1) ग्रुप आयोजकको भूमिका रहेको छ । एफ वन ग्रुपकै आयोजनामा कन्दराले पहिलो कन्सर्ट यही जुन ३० तारिखमा वाशिन्टन डिसीमा गर्नेछ ।

कन्दराले पछिल्लो समय स्वदेश तथा विदेशमा सांगीतिक यात्रामार्फता आफ्नो प्रभाव बढाउँदै लगेको छ । कन्दराले यसअघि अष्ट्रेलिया, जापान, सिंगापुर लगायतका थुप्रै देशमा कन्सर्ट गरिसकेको छ ।