
काठमाडौँ, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।
विश्व समुदायबाट यसको विरोध हुँदै आए पनि मंगलबार न्यायाधीशले ट्रम्पको पक्षमा फैसला गरेका हुन् । यो निर्णयसँगै ट्रम्पले खुसी हुँदै ट्विट गरेका छन् ।
न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ ले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको न्यूयोर्क टाइम्सले लेखेको छ ।
एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ ।
मुख्य न्यायाधीश जोन रोबर्टसले फैसला लेख्दै ट्रम्पले कुनै धर्मलाई लक्षित नगरी आप्रवासनमा आउन सक्ने समस्यालाई कडाइका साथ लिएको उल्लेख गरेका छन् ।















प्रतिक्रिया