३ कार्तिक २०८३, मंगलबार

फ्रान्स र डेनमार्कको गोलरहित बराबरी, दुबै टिम बने भाग्यमानी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । फ्रान्स र डेनमार्कको खेल गोलरहित बराबरीमा सकिएको छ ।

मंगलबार भएको खेलमा फ्रान्स र डेनमार्क दुबैले गोल हान्न सकेनन् । तर, दुबै टिम नकआउट चरणमा प्रवेश गर्ने भाग्यमानी बनेका छन् । चालू विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो ।

बराबरीपछि फ्रान्स समूह सीको विजेता बनेको छ भने डेनमार्क समूहको उपविजेता बनेको छ ।

फ्रान्स र डेनमार्कको विश्वकपको इतिहासमा यो तेस्रो भिडन्त हो । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो । त्यसको चार बर्षपछि अर्थात सन् २००२ मा डेनमार्कले बदला लिएको थियो ।

अब फ्रान्सले समूह डीको उपविजेतासँग भिड्ने छ भने डेनमार्कको सामना समूह डीको विजेतासँग हुनेछ ।