२१ कार्तिक २०८३, शनिबार

अर्काको देखासिकी र पारिवारिक तनावले लागू औषध सेवन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १२ असार । लागू औषध प्रयोग गर्नेमा अहिले सबै भन्दा बढी १४ देखि २२ बर्ष सम्मका युवाहरु बढि संलग्न हुने गरको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत बिकले यस उमेर समूहले लागू औषधको प्रयोग बढी मात्रामा गर्ने गरेको बताए ।

लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रहरी प्रमुख विकले अर्काको देखासिकी र पारिवारिक तनावले पनि यस्तो समस्या हुने गरेको बताए । जिल्लाको हकमा अहिले बढि मात्रामा चुरोटमा गाजा मिसाएर प्रयोग हुने गरेको पाइएको प्रहरी प्रमुख बिकको भनाई छ ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले लागू औषध सेवनले गर्दा काम गर्ने मान्छेलाई पनि प्रभावित गर्ने गरेको बताए । ‘अर्काको देखासिकीले गर्दा ईमान्दार मान्छेलाई पनि गलत बनाएको पाइएको छ’ उनले भने ।

नगर प्रमुख अधिकारीले आफ्नो नगरपालिका भित्र लागू औषध तथा मदिराजन्य पदार्थ कम गर्नको लागि दोब्बर कर लगाएको बताए । उनले भने, ‘राम्रो काम गर्नको लागि सबैले आफै बाट सुरु गराँै, जिम्मेवार व्यक्तिले आफ्नो भूमिका निर्वाह ग¥यौँ भने समाज सुध्रन सक्छ ।’