२ कार्तिक २०८३, सोमबार

आइएमई इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बैंकाएसुरेन्स सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकले नेपालभर रहेका कुमारी बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहक महानुभावहरुले आफूले बैकिङ सेवा लिईरहनु भएको बैंकको शाखाहरु मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले बैंकसँग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।