२१ कार्तिक २०८३, शनिबार

काठमाडौंमा यसरी मनाईयो लागुऔषध तथा ओसारपसार विरुद्धको दिवस (चार तस्वीर)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजना गरिएको प्रभातफेरिमा सहभागी विद्यार्थी ।

काठमाडौं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा राजधानी काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्धेश्यले प्रभातफेरी तथा नाटक प्रस्तुत जस्ता कार्यक्रमहरु गरिएको छ ।

दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो।

दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजना गरिएको प्रभातफेरिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत ।
दिवसको उपलक्ष्यमा काठमाडौँमा नाटक प्रस्तुत गर्दै कलाकार ।
नाटक अवलोकन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायत ।

सबै तस्वीरहरु : प्रदीपराज वन्त, रासस