
पोखरा, १२ असार । आरोहण अनुमति नदिइएको माछापुच्छ्रे हिमालमा आरोहण अनुमति दिनुपर्ने माग माछापुच्छ्रे गाउँपालिकाले उठाएकाे छ ।
विश्वका सुन्दर हिमालहरु मध्ये १३ औं स्थानमा रहेको माछापुच्छ्रे हिमालको सौन्र्दयलाई नजिकैबाट नियाल्ने वातावरण र पर्यटकलाई यस क्षेत्रमा अत्यधिक मात्रामा पुर्याउन यो हिमालको आरोहण अनुमति दिनुपर्ने तर्क यतिवेला आइरहेको छ ।
मुख्यतया पर्यटन प्रवद्र्धनका लागि माछापुच्छ्रे गाउँपालिकामा रहेका साँस्कृतिक तथा प्राकृतिक सम्पदालाई उपयोग गर्दै अत्यधिक मात्रामा पर्यटक भित्र्याउने लक्ष्यका लागि पनि माछापुच्छ्रेको आरोहण खुल्ला गरिनुपर्ने माछापुच्छ्रे गाउँपालिका प्रमुख कर्ण बहादुर गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार माछापुच्छ्रेको कुमारित्व बचाउनु पर्छ र, पवित्र हिमाल भएको बताउँदै हालसम्म यो हिमालमा आरोहण अनुमति दिइएको छैन तर नेपालमा पर्यटकलाई आकर्षित गर्दै लाखौंलाख पर्यटक भित्र्याउन नयाँ गन्तव्य र नयाँ क्षेत्रको खोजि गर्दा माछापुच्छ्रेलाई आरोहण अनुमति दिइनु पर्ने र जस कारणले पर्यटकको अत्यधिक आकर्षण माछापुच्छ्रे आरोहण हुनसक्छ ।
पोखरा देखि करिव २५ किलोमिटरको दुरीमा रहेको यो हिमालको उचाइ ६ हजार ९ सय ९३ मिटर रहेको छ ।भगवान शिवको पवित्र स्थान मान्दै स्थानियहरुले यो हिमालको पूजा गर्दछन् । पछिल्लो पटक सन १९५७ मा वेलायति आरोहण दलले माछापुच्छ्रेको आरोेहणको प्रयास गरेको थियो त्यस पछि यो हिमाल आरोहणको अनुमति दिइएको छैन ।















प्रतिक्रिया