
काभ्रे, ११ असार । करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटनामा परेको छ ।
दुर्घटनापछि ट्रकमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।
मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।















प्रतिक्रिया