३ कार्तिक २०८३, मंगलबार

इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूस, ११ असार । आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गरे । दुई गोल जोन स्टोनले गरेका छन् भने एक गोल जेसी लिङगार्डले गरे ।

इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गरेका थिए । लिङगार्डले ३६ औँ मिनेटमा गोल गरे ।

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गरे ।

यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीच साँझ ८ः४५ मा हुनेछ । यस्तै तेस्रो खेल पोल्याण्ड र कोलम्बियाबीच राति ११ः४५ मा हुनेछ ।