३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः दक्षिण कोरिया मेक्सिकोसँग २–१ ले पराजित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत शनिबारको दोस्रो खेलमा मेक्सिकोले दक्षिण कोरियालाई २–१ ले पराजित गरेको छ ।

समुह एफ अन्तर्गत शनिबारको दोस्रो खेलमा मेक्सिकोले जित निकालेको हो । मेक्सिकोका लागि खेलको २६ औँ मिनेटमा कारोलसले र ६६ औँ मिनेटमा हर्नान्डोजले गोल गरे । मोक्सीकोले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कारोलसले पहिलो गोल गरेका हुन् ।

दक्षिण कोरियाका एच एम सनले खेलको अतिरिक्त समयमा एक गोल फर्काए पनि त्यो निकै ढिला भइसकेको थियो । जितसँगै दुई खेल खेलेर दुबैमा जित निकाल्दै मेक्सीकोेले ६ अंक बटुलेको छ ।

फिफा विश्वकप २०१८ अन्तर्गत शनिबार नै हुने अर्को खेलमा राति पौने १२ बजे जर्मनी र स्विडेन खेल्दैछन् । मेक्सीकोले दक्षिण कोरियालाई हराएसँगै जर्मनीलाई भने जित्नै पर्ने दबाब परेको छ ।