काठमाडौँ, ९ असार । रुसमा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण कोरिया र मेक्सिकोबीचको खेल सुरु भएको छ ।
छैठौं ग्रुपका यी दुई टोली शनिबारको दोस्रो खेलमा भिड्दै छन् । ग्रुपको अन्तिम स्थानमा रहेको दक्षिण कोरिया र दोस्रो स्थानमा रहेको मेक्सिको आमनेसामने भएका हुन् ।
यसअघि शनिबार भएको पहिलो खेलमा बेल्जियमले ट्युनिसियालाई ५–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । फिफा विश्वकप २०१८ अन्तर्गत शनिबार नै हुने अर्को खेलमा राति पौने १२ बजे जर्मनी र स्विडेन खेल्दैछन् ।















प्रतिक्रिया