३ कार्तिक २०८३, मंगलबार

बेल्जियमको सानदार जित, ट्युनिसिया विश्वकपबाट बाहिरिने पक्का

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा बेल्जियमले सानदार जित हात पारेको छ।

बेल्जियमले ट्युनिसियालाई ५–२ गोलले पराजित गरेको हो । लगातार दुई खेल जितेको बेल्जियम अन्तिम १६ नजिक पुगेको छ।

बेल्जियमको जितमा रोमेलु लुकाकु र इडिन हजार्डले २–२ गोल गरे । बाट्सुयायीले १ गोल थपे।

खेलको छैटौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । १६ मिनेटमा लुकाकुले बेल्जियमको अग्रता दोब्बर पारे।

१८ मिनेटमा ट्युनिसियाका ब्रोइनले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम पहिलो हाफमा ३–१ ले अघि रह्यो।

यसअघि जारी विश्वकपमा ७ गोल भएको थिएन ।

बेल्जियमले यसअघि पानामालाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा पनि पराजित भएको ट्युनिसियाको विश्वकप यात्रा लगभग सकिएको छ।