काठमाडौँ, ९ असार । अर्जेन्टिनाका एक नेपाली फ्यानले आत्महत्याको प्रयास गरेका छन् । रसियामा जारी विश्वकपमा अर्जेन्टिना पराजित भएपछि नेपालका एक युवकले आत्महत्याको प्रयास गरेका हन् ।
अर्जेन्टिना बिहीबार भएको क्रोएसियासँगको खेलमा ३–० गोल अन्तरले पराजित भएको थियो । अर्जेन्टिना हारेको पीडा सहन नसकेर पाँचथर याङवरक गाँउपालिका ५ का २० वर्षीय रामकुमार तावाले आत्महत्या प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।
एक्लै हुनासाथ शुक्रबार दिउँसो ३ बजे घरको तलामाथि चढेर घाँटीमा डोरी लगाई आत्महत्या प्रयास गरेको उनको परिवारले जनाएको छ । डोरी लगाएर सिलिङमा झुण्डिएपछि आफूहरूले देखेर उद्धार गरी अस्पताल ल्याएको उनको भनाइ छ ।















प्रतिक्रिया