३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलमा यी चार टिमले अन्तिम १६ मा स्थान पक्क गरे, को–को भए आउट ?

10.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ९ असार । रसियामा जारी फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन् । ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन् ।

अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ‘ए’बाट रसिया र उरूग्वे एक खेल अगावै अन्तिम १६ मा पुगिसकेका छन् । सोही समूहबाट एसियाली राष्ट्र साउदी अरेबिया र इजिप्ट बाहिरिएका छन् ।

समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानको समान सम्भाना छ । २–२ खेलेका उहीहरूमध्ये स्पेन र पोर्चुगलको समान ४ अंक छ । इरान तीन अंकसहित प्रतिश्पर्धामा छ । दुबै खेल हारेको मोरक्को बाहिरिसकेको छ ।

यो समूहको सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्नेछ । जसमा इरान र पोर्चुगलबीच हुने खेलको विजेता दोस्रो चरणमा पुग्छ । स्पेनलाई दोस्रो चरणमा पुग्न मोरक्कोलाई हराउनुपर्ने हुन्छ ।

समूह ‘सि’बाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ । पेरू बाहिरिइसकेको छ । यो समूहबाट डेनमार्क ४ अंकसहित दोस्रो स्थानमा छ । अष्ट्रेलियाले १ अंकसहित नकआउट चरण प्रवेशको सम्भावना जीवितै राखेको छ।

अन्तिम खेलमा फ्रान्सविरूद्ध जित निकाले डेनमार्क अन्तिम १६ मा पुग्नेछ । अष्ट्रेलियाले पेरूलाई हराए पुग्न सक्छ ।

समूह ‘डि’बाट क्रोएसिया अन्तिम १६ मा पुग्ने पहिलो टिम भएको छ । यसमा नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १–१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन् ।

अब अन्तिम खेलबाट नकआउट चरण पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ । यो समूहबाट कोही बाहिरिएका छैनन् ।

समूह ‘ई’बाट कोही पनि अन्तिम १६ मा प्रवेश गरेका छैनन् । ब्राजिल र स्विटजरल्याण्ड शीर्ष दुईमा छन् । सर्वियाले ३ अंकसहित नकआउट चरण प्रवेश सम्भावना कायमै राखेको छ ।

यो समूहबाट कोष्टारिका बाहिरिसकेको छ। अब अन्तिममा हुने सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ । स्विटजरल्याण्डलाई अन्तिम १६मा पुग्न कोष्टारिकालाई हराउनु पर्नेछ ।

समूह ‘एफ’बाट कोही पनि नकआउट चरणमा पुगेका छैनन् । कुनै टिम बाहिरिएका पनि छैनन् । यसमा सबैको सम्भावना छ ।

समूह ‘जी’मा बेल्जियम र इङ्ल्याण्डले जित निकालेका छन् । यसमा कोही नकआउट चरणमा प्रवेश गरेका छैनन् ।

समूह ‘एच’मा पनि एक–एक खेल भएको छ । यसमा जापान र सेनेगलले जितेका छन् । पोल्याण्ड र कोलम्बिया रहेको समूहमा सबैको सम्भावना उत्तिकै छ । एजेन्सी