१ कार्तिक २०८३, शनिबार

तालिवान लडाकूहरुद्वारा ४३ जना अपहरित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कान्दाहार, ९ असार । तालिवान लडाकूहरूले अफगानिस्तानको दक्षिणी क्षेत्रबाट ४३ जनालाई अपहरण गरेका छन् ।

अपहरणमा पर्नेहरुमा सडक निर्माण कार्यमा संलग्न कामदारहरू समेत रहेको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

युद्धविरामको अवधि सकिएपछि आक्रमक रुपमा प्रस्तुत भएका लडाकूहरूले चार जना सुरक्षाकर्मीको हत्या पनि गरेका छन् ।

लडाकूहरूले कान्दाहार प्रान्तको स्पीन बोल्डाक जिल्लामा रहेको सुरक्षा शिविरमा आक्रमण गरेको प्रान्तीय गभर्नरका प्रवक्ता डाउड अहमादीले एएफपीलाई जानकारी दिए ।

अपहरणमा परेका ४३ जना मध्ये केही प्राविधिक कमदार, चालक र खाना बनाउने कामदार समेत रहेका छन् ।
उ
नीहरुलाई रोजगारी दिएको अफगानी निर्माण कम्पनीले पनि उनीहरू अपहरित भएको पुष्टि गरेको समाचारमा जनाइएको छ ।
तालिवानी लडाकूहरुले पनि अपहरणको जिम्मेवारी लिएका छन् । एएफपी