
काठमाडौँ, ८ असार । रसियामा जारी विश्वकप फुटबलको शुक्रबारको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
नाइजेरियाका अहमेद मुसाले ४९ औँ र ७५ औँ मिनेटमा गोल नाइजेरियालाई जित दिलाएको हुन् । यो नाइजेरियाको पहिलो जित हो । यसअघि नाइजेरियाले क्रोएसियासँग २–० को गोल अन्तरले पराजित भएको थियो ।
जितसँगै नाइजेरियाले अन्तिम १६ मा जाने सम्भावनालाई जिवितै राखेको छ । नाइजेरियाले दुई खेलबाट ३ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।















प्रतिक्रिया