२ कार्तिक २०८३, सोमबार

एनआईसी एशियाले भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्ड सञ्चालनमा ल्यायो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असार । एनआईसी एशिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ग्राहकमाझ ईकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंकले भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्डको शुरुवात गरेको हो ।

नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषताहरु अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा, अनलाइन पेमेन्टको सुविधा, कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न सकिने, १० प्रतिशत वा शत प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिनसम्म सर्भिस चार्ज फ्री क्रेडिट पिरियड उपभोग गर्न सकिने छन् ।

मुलुकभर २२४ शाखा कार्यालय, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १७३ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू १४८ अर्ब पुगि नीजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भएको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । भिसा इन्टरनेश्नल यूएसडी क्रेडिट कार्डको प्रयोगबाट बढी भन्दा बढी ग्राहकले उच्चतम लाभ उठाउने बैंकले विश्वास लिएको छ ।