काठमाडौँ, ८ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०८.४८ रुपैयाँ र बिक्रिदर १०९.०८ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२५.१२ रुपैयाँ र बिक्रिदर १२५.८१ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४३.३१ र बिक्रिदर १४४.१० रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ७९.८९ रुपैयाँ र बिक्रिदर ८०.३३ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८१.४३ रुपैयाँ र बिक्रिदर ८१.८८ रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५८.१८ रुपैयाँ र बिक्रिदर ३६०.१७ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.७९ रुपैयाँ र बिक्रिदर २९.९६ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.०१ रुपैयाँ र बिक्रिदर २७.१६ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.७६ र विक्रिदर ९.८२ तथा १० जापानी येनको खरिददर ९.८१ र बिक्रिदर ९.८७ रहेको छ ।
















प्रतिक्रिया