काठमाडौं, ८ असार । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । बैठकले संघीय संसद्का दुबै सदनको संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गर्नेछ ।
असार ३ गतेको बैठकले नियमावली संशोधनका लागि खुला गरेको थियो । शुक्रबार चार बजे बस्ने बैठकमा नियमावलीमा प्राप्त संशोधनसहित पेस हुनेछ । बैठकमा पेस भएको नियमावली दफाबार छलफलपछि पारित हुनेछ ।
नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ । यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ ।
प्रस्तावित नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नेछन् । जुन हाल अभ्यास भइरहेको छ ।
संयुक्त नियमावली अनुसार दुबै सदनका सदस्य रहनेगरी दुई समिति गठन हुनेछन् । जसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहनेछन् ।















प्रतिक्रिया