मस्को, ८ असार । अर्जेन्टिना क्रोयसियासँग लजास्पद हार बेहोरेको छ । समूहको दोश्रो खेलमा ३–० ले पराजित भएपछि अर्जेन्टिनाको अघिल्लो चरण प्रवेशको संभावना न्युन भएको छ ।
पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बरारी खेलेको अर्जेन्टिना क्रोयासियासँग ३–० ले पराजित भएको हो । अर्जेन्टिनाका गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै पहिलो र तेश्रो गोल गरेको क्रोयसियाले दोश्रो गोल डिफेन्डरको कमजोरिको फाइदा उठायो ।
दोश्रो हाफको ५३ औं मिनेटमा एन्टे रेविचले गोल गर्दै क्रोयसियालाई अग्रता दिलाए । लुका मड्रिचले ८०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ९१ औं मिनेटमा इभान राकिटिचले गोल गर्दै फराकिलो जीत दर्ता गरे ।
पहिलो हाफ गोलरहित बराबरी भए पनि दोश्रो हाफको शुरुमै क्रोयसियाले अग्रता बनायो ।
यो हारसँगै अर्जेन्टिनाको अघिल्लो चरणको संभावना कमजोर बनेको छ । समूहबाट क्रोयसिया अघिल्लो चरण प्रवेश गरेको छ भने, आइसल्याण्डको एक खेलबाट एक अंक छ ।
उसले शुक्रबार नाइजेरियासँग खेल्दैछ । यो खेल जितेर आइसल्याण्डले क्रोयसियासँग बराबरी गरेपनि अघिल्लो चरण जानेछ । हारे पनि उसको अघिल्ले चरणको संभवना कायमै हुनेछ । यो अवस्थामा अर्जेन्टिनाले भने अघिल्ले चरणका लागि आइसल्याण्ड हारे पनि फराकिलो गोलअन्तरले पराजित गर्नु पर्नेछ ।
समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया तथा क्रोयसियाले आइसल्याण्डसँग खेल्दै छ । एजेन्सी















प्रतिक्रिया