काठमाडौं, ८ असार । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिलकेशरी शाह नियुक्त भएका छन् ।
शाह नविल बैंकमा ८ वर्षपछि कार्यकारी अधिकृत नियुक्त भएका हुन् । नविल बैंकको बोर्ड बैठकले शाहलाई बिहीबार पुनः प्रमख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि शाहलाई राष्ट्र बैंकले ‘कुलिङ पिरियडको नियमका कारण कायममुकायम प्रमख कार्यकारी अधिकृतका रुपमा सोही बैंकमा कार्यरत थिए ।
शाहले ८ वर्षअघि नविल बैंक छाडेर मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । युवा अवस्थामै बैंकको प्रमुख बनेका शाह बैंकर संघका निर्वतमान अध्यक्ष पनि हुन् ।
स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ करिय थालेका शाहले यसअघि ५ वर्ष नविलमै प्रमुखको रुपमा काम गरेका थिए । मेगा बैंक नेपालको स्थापना कालदेखि प्रमुख रहेका उनी दुई कार्यकाल पूरा गरी मेगमा फर्किएका थिए ।
राष्ट्र बैंकको नियमअनुसार प्रमुखले एउटै बैंकमा लगातार दुई कार्यकाल मात्रै काम गर्न पाउँछन् । शाहले भारतको दिल्ली विश्व विद्यालयबाट एमबीए गरेका छन् ।
बैंकका अध्यक्ष शुम्भुप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा अनुभवी शाहले बैंककाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।















प्रतिक्रिया