२ कार्तिक २०८३, सोमबार

सिप्रदी र टाटा मोटर्सले देशका प्रमुख शहरमा योग दिवस मनायो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असार । सिप्रदी ट्रेडिङ प्रालिले सिप्रदीयन सहायता संस्था र टाटा मोटर्सको संयुक्त आयोजनामा देशका नवौं प्रमुख शहरहरुमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । सिप्रदी ट्रेडिङ्ग प्रालिको अगुवाइमा आयोजना गरिएको यस कार्यक्रमलाई सिप्रदीयन सहायता संस्था तथा टाटा मोटर्सले संयुक्त रुपमा सहयोग गरेको हो ।

कार्यक्रममा सिप्रदी तथा टाटा मोर्टसका प्रतिनिधिहरु सबै कर्मचारीहरु क्षेत्रीय प्रमुखहरु कार्यक्रममा सहभागी थिए । हजाराैँ वर्ष पुरानो योग अनुशासनबाट शारीरिक मानसिक तथा अध्यात्मिक विकास हुन्छ । केही वर्ष पहिला संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यस योग दिवसलाई संसारभरी मनाइन्छ र सिप्रदीले पनि यस विश्वव्यापी अभियानमा आफ्नो आवद्धता देखाउँदै हरेक वर्ष मनाउँदै आइरहेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक शम्भु प्रसाद दाहालले भने, ‘आज यहाँ विभिन्न उमेर समूहका व्यक्तिहरुको सहभागिताले गर्दा धेरै खुशी लागेको छ । शरीर र मनलाई शान्त राख्ने योगा अध्यात्मिक तथा योगीक अनुशासनको लागि गरिने व्यायाम हो । विशेष गरि आजका युवाहरु धेर नै नचाहिने कुरा, हिंसा आदिमा आफ्नो समय व्यतित गरिरहेका छन् त्यसैले योगाले मन, शरीर र आत्मालाई शान्त बनाउदँछ । सिप्रदी ट्रेडिङ तथा सिप्रदीयन सहायता संस्था, टाटा मोटर्स तथा आफ्ना ग्राहक, परिवार तथा साथीभाइहरुसँग जोडिन पाउँदा खुशी व्यक्त गर्दछ ।’

त्यस्तै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले भने, ‘विगत दुई वर्षदेखि सिप्रदीले आफ्नो कर्पाेरेट सामाजिक दायित्व वहन गर्ने संस्था सिप्रदीयन सहायता संस्था सँगै मिलेर यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएको छ । योगा भनेको खाली व्यायाम गर्नु मात्र होइन यो आफनो भित्रि पहिचान खोज्ने तरिका पनि हो र प्रकृति र विश्वलाई चिन्ने अवसर पनि हो । यसले हामीलाई स्वस्थ तथा समृद्घ बनाउनुको साथै हरेक दिन आनन्द र वर्तमानमा रहन सिकाउँदछ ।सिप्रदीले जहिले पनि आफ्नो ग्राहकहरुलाई अग्रणी रुपमा राख्ने कुरामा विश्वास राख्दछ चाहे त्यो गुणस्तर सेवा तथा प्रोडक्ट होस् वा विभिन्न लाभदायी सहायता कार्य होस् ।’

यस्तो कार्यक्रमको आयोजनाबाट सिप्रदीलाई आफ्नो सरोकारवाला कर्मचारीहरु, साथीभाई तथा परिवारसँग जमघट गर्ने अवसर मिल्ने विश्वास लिएको छ । आफनो अथक प्रयासबाट विशेष अनुभव हासिल गर्ने सिप्रदीले हरेक कार्यबाट विश्वास जित्न अग्रसर हुने बताइएको छ ।