
काठमाडौँ, ६ असार । नेपालीे टायर बजारलाई लक्षित गरी हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले युरोग्रिप टायर नेपाली बजारमा ल्याएको छ । हंसराज हुलास चन्द बजाज दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीहरुको लागि नेपालको आधिकारिक बिक्रेता पनि रहेको छ ।
टायरको सम्पूर्ण रेन्जको साथ, युरोग्रिप टायर बजाजको दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारीको ओरिजिनल फिटमेन्टको लागि सबै भन्दा ठूलो सप्लायर पनि रहेको छ । एक्ट्रा डिउरेबल टायर भनिएको युरोग्रिप टायरले लामो अवधिसम्म चल्नुको साथै आरामदायक सवारीको वाचा पनि गर्नेछ ।
युरोग्रिप टायरको उत्पादनमा प्रयोग गरिएको प्रविधि र डिजाइनले यसलाई नेपाली भूगोल सुहाउँदो बनाएको छ । हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिका डाइरेक्टर अभिमन्यु गोल्छा भन्छन् ‘नेपालमा थुप्रै बाटोहरु अप्ठ्यारो रहेको र यसमा यात्रा गर्नु पनि उत्तिकै गाह्रो र खतरनाक छ । सहरमा पनि दैनिक कार्य गर्नको लागि थुप्रै खाल्डा खुल्डी, ढुङ्गा बाटोले यात्रा असुरक्षित बनाएको छ । अझ त्यसमा बर्षायाममा हुने हिलो बाटो त छँदैछ । यो सब कुरालाई मध्यनजर राखी हामीले उपभोक्तालाई एउटा यस्तो टायर दिन सोच्यौं जसले यी सबै अप्ठ्याराहरुको समाधान गर्दै हरेक पटक सुरक्षित यात्रा प्रदान गर्नेछ । त्यसैले युरोग्रिप टायर नेपालको लागि निक्कै सुहाउँदो छ । यो अत्यन्त बलियो र टिकाउ छ । यसले उपभोक्ताहरुलाई निराश बनाउने छैन ।’
युरोग्रिप टायर नेपाल भरीका बजाज डिलरसिप र आधिकारिक सर्भिस सेन्टरहरुमा उपलब्ध हुने छ । साथै अरु आधिकारिक मल्टी ब्राण्ड आउटलेटहरुमा पनि उपलब्ध हुने छ ।















प्रतिक्रिया